डिवेन्चरको ५० प्रतिशत रकम असारसम्म श्रोतको रुपमा गणना गर्न पाइने

डिवेन्चरको ५० प्रतिशत रकम असारसम्म श्रोतको रुपमा गणना गर्न पाइने


बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप अर्थात् स्रोतको रुपमा ऋणपत्र (डिवेन्चर) को ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि आगामी पुससम्म शतप्रतिशत स्रोतको रुपमा डिवेन्चरलाई गणना गर्दै आएकोमा २०८१ असारसम्म ५० प्रतिशत मात्रै गणना गर्न पाउने भएका हुन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतको रुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात्उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने छ।