भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध

भारत सरकारले प्याजको निर्यातमा पुन: प्रतिबन्ध


बैंकिङ्ग समाचार, काठमाडौं ।

तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो ।

अन्य मुलुकका सरकारको आग्र हबमोजिम सरकारले अनुमति दिएमा प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख गरिएको छ । पछिल्लो समय नेपाली बजारमा समेत प्याजको हाहाकार छ ।

आलु र प्याजको भ्याट विवादले होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीले हडताल गरेका हुन् ।

आयातकर्ता नै हडतालमा उत्रिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तीन दिनदेखि आलु र प्याज भित्रिएको छैन । समितिले पनि तीन दिनदेखि नै आलु–प्याजको मूल्यसूची अपडेट गरेको छैन ।