सेयर र घरजग्गा धितो कर्जाको जोखिम भार घट्यो

सेयर र घरजग्गा धितो कर्जाको जोखिम भार घट्यो


बैंकिङ्ग समाचार, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत उक्त जोखिमभार २५ प्रतिशतले घटाएर १२५ प्रतिशतमा झारेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जा दुबैको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको हो ।

यसअघि उक्त जोखिम भार १५० प्रतिशत थियो ।