न्युरोडबाट करिब ७ किलाे सुन बरामद, एक जना पक्राउ

न्युरोडबाट करिब ७ किलाे सुन बरामद, एक जना पक्राउ


काठमाडौं- न्युरोडबाट करिब ७ किलाे सुन बरामद भएकाे छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा सुन बरामद गरेकाे हाे।

प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको हाे। सो सुन कारोवारमा संलग्न रहेको आरोपमा कैलाली घर भई हाल काठमाडौँ नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ ।

उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए। 

उनले भने,'बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पुर्यायाएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ।'