काठमाडौं – नेपालमा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार २०८३ असोज महिनामा मोबाइल बैंकिङ्ग, क्यूआर कोड र डेबिट कार्डमार्फत उल्लेख्य कारोबार भएको हाे।
२०८३ असोज महिनामा नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेख्य देखिएको छ। यस अवधिमा डेबिट कार्डमार्फत ९८ लाख ६५ हजार कारोबार हुँदा कुल ८३ अर्ब ७३ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, मोबाइल बैंकिङ्गमार्फत ६ करोड ५९ लाख ६७ हजार कारोबारबाट ६०२ अर्ब १० करोड रूपैयाँ बराबरको भुक्तानी भएको छ। यस्तै, क्यूआर कोडमार्फत ७ करोड ८१ लाख ४५ हजार कारोबार हुँदा २०७ अर्ब ५४ करोड रूपैयाँ बराबरको भुक्तानी भएको छ। तथ्यांकले मोबाइल बैंकिङ्ग र क्यूआर भुक्तानीप्रति प्रयोगकर्ताको बढ्दो आकर्षण देखाउँछ।




About Us
प्रतिक्रिया