काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो तीन महिनामा १६ करोड १३ लाख खुद नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड २५ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको बीमा शुल्क आम्दानीमा सुधार आएसँगै नाफामा सुधार आएको हो । असोजसम्ममा कम्पनीले २ अर्ब ८३ करोड ८० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीको कुल आम्दानी ३ अर्ब २३ करोड ७६ लाखबाट बढेर ३ अर्ब ७३ करोड ३८ लाख पुगेको छ । कम्पनीको कुल खर्च पनि बढेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ४६ करोड २४ लाख खर्च गरेको छ । अभिकर्ता कमिसनमा कम्पनीले २२ करोड ९२ लाख खर्चेको छ ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्षको ११ रुपैयाँ ६२ पैसाबाट बढेर १२ रुपैयाँ २९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ। असोजसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रहेको छ ।






About Us
प्रतिक्रिया