३१ जना जुवाडे पक्राउ, ६ लाख बरामद 


काठमाडौं – प्रहरीले देशभरबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी नगरपालिका– २ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका –२ बस्ने ४७ वर्षीय नमराज बिष्ट समेत १० जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार १ सय ७५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। 

दाङको घोराही उपमहानगरपालिका– १५ जानकी टोल बस्ने ६८ वर्षीय भुप बहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुप बहादुर समेत ८ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।  

यसैगरी दाङको घोराही उपमहानगरपालिका– १८ नवलपुर बस्ने ४७ वर्षीय बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बसन्त समेत ९ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका– ४ उर्बर्सी टोलस्थित होटल अम्रेलामा जुवातास खेलिरहेको अवस्थामा सूर्योदय नगरपालिका– १० बस्ने ४४ वर्षीय निर्मल श्रेष्ठ समेत ४ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This