काठमाडौं – पिपुल्स इनर्जीले सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।
क्यापिटलले पिपुल्स् इनर्जीसहित आईपीओको पाइपलाइनमा रहेका ११७ कम्पनीमध्ये ९ वटा कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको हो।
क्यापिटलले मेडिकेयर हस्पिटल, ज्यास्मिन पेन्ट्स, गोदावरी स्टिल, सानिमा हाइड्रोपावर कम्पनीको आईपीओ बिक्रीको जिम्मेवारी पाएको छ। त्यस्तै, हिलटन हाइड्रो इनर्जी, मकारीगार्ड हाइड्रोपावर, एपेक्स मकालु हाइड्रोपावर र आकामा होटलको समेत क्यापिटलले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको हो।






About Us
प्रतिक्रिया