काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा १.४० अंकले बढेर बजार २६ सय ६५ दशमलव ५३ को बिन्दुमा बन्द भएको छ। आज ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २ करोड १२ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ।
आज दिनभरिमा ३५८ कम्पनी कारोबारमा आउँदा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा धेरै श्वेत–गंगा हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, घोराही सिमेन्टको ५१ करोड २४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, हिमायन रिइन्स्योरेन्सका लगानीकर्ताले ११.४८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा सिभिल बैंक डिबेन्चर २०८८ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३४ प्रतिशतका दरले गुमाएका हुन्।





About Us
प्रतिक्रिया