काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न स्थानमा चेकजाँच तथा खानतलासीका क्रममा करिब ९१ लाख २८ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार विभिन्न स्थानमा गरिएको चेकजाँच तथा खानतलासीका क्रममा लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्स, बिजुलीका सामानलगायत चोरी निकासी तथा पैठारी गरी ल्याइएका सामान बरामद गरिएको हो।
बरामद गरिएका सामानको कुल मूल्य करिब ९१ लाख २८ हजार रुपैयाँ रहेको जनाइएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।






About Us
प्रतिक्रिया