काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका संजय सुवेदी र चितवनकी मधुमालती स्याङताङ रहेका छन्।
मलेसिया पठाइदिन्छु भन्दै सुवेदीले ७ लाख र स्याङताङले २ लाख ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला काठमाडौंको कलंकीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।







About Us
प्रतिक्रिया