प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन


काठमाडौं – देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरूलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंकले सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।

सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु: बाग्मती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन ; कोसी प्रदेशमा विराटनगर शाखा ; मधेस प्रदेशमा सिमरा शाखा ; गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा; लुम्बिनी प्रदेशमा बुटवल शाखा ; कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूर–पश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रिय कार्यालय सहित बैकका ८ वटा शाखाहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरू बाट ३२१ पिन्ट रगत संकलन भएको छ।

यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरबार विहीन भएका परिवारहरूलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत२ करोड ११ लाख ११ हजार १११ सय रुपैयाँ साथै प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० पचास रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो।

त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरूप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो। प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ।