काठमाडौं – पाँच वटा बैंकिङ्ग कसुरको मुद्दामा ७७ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भई हाल काठमाडौंको टोखा बस्ने सम्झना लामा रहेकी छिन्।
भक्तपुर जिल्ला अदालतले उनीमाथि १ महिना कैद र १ लाख जरिवाना फैसला गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई टोखाबाट पक्राउ गरेको छ।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। उनीमाथिको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त गौशला, काठमाडौं प्रहरी वृत्त थिमी, भक्तपुर र प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा बैंकिङ्ग कसुरका पाँच वटा मुद्दा दर्ता रहेको खुल्न आएको छ।






About Us
प्रतिक्रिया