काठमाडौं -चीनले नेपालको उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन आपत्कालीन जल तथा मौसमसम्बन्धी अनुगमन सूचना आदान–प्रदानलाई निरन्तरता दिने भएको छ। चिनियाँ दूतावासका अनुसार चीनले अवरोध तथा हिमनदी तालबाट उत्पन्न हुन सक्ने जोखिमलगायतका विपद्सँग सम्बन्धित मौसमसम्बन्धी सूचना नेपालसँग आदान–प्रदान गर्दै जानेछ।
चीनको मौसम विज्ञान प्रशासनका प्रवक्ताले पत्रकार सम्मेलनमा चीन र नेपालबीचको ग्याइरोङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि चिनियाँ मौसम विज्ञान निकायहरूले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वसूचना तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आउने चिनियाँ दूतावासले जनाएको छ।
विपद् घटेलगत्तै चीनको मौसम विज्ञान प्रशासनले नेपालको मौसम विज्ञान विभागसँग मौसमसम्बन्धी भिडियो परामर्शसमेत गरेको थियो। त्यसयता नेपालको उद्धार तथा राहत कार्यलाई सहज बनाउन चीनले सक्रिय रूपमा मौसमसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।






About Us
प्रतिक्रिया