बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ६५ लाख सहयोग


बुटवल – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो संस्थागत तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूबाट संकलित १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो।

हालै आएको प्राकृतिक विपत्तिका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जनजीवन प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको बैंकले जनाएको छ।

विपत्तिको कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। साथै, बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।