नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५.२६ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंक भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, सोही बैठकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात स्वीकृत लाभांशकाे वितरण साधारण सभाबाट पारित एवं कम्पनी ऐन २०६३ को दफा (१८२९२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात मात्र हुने निर्णय गरेको छ।