काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख आर्थिक सहयोग गरेको हो ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरूमा मानवीय तथा भौतिक क्षति तथा नागरिकको दैनिक जीवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो कोषमा रकम सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने यस मानवीय कार्यमा बैंकले ऐक्यबद्धता जनाएको छ ।






About Us
प्रतिक्रिया