काठमाडौं – रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण बैंकमा पुगेको क्षति विस्तृत विवरण संकलन गर्ने काम भइरहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन्।
उनका अनुसार, अनुसार हालसम्म नौ वटा बैंकमा क्षति पुगेको छ भने २७ जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। उनले भने,‘ विस्तृत विवरण संकलन गर्ने काम भइरहेको र भोलि दिउँसोसम्म सबै विवरण प्राप्त हुनेछ। ’
अध्यक्ष कोइरालाकाअनुसार हाल सम्पर्कविहीन रहेका २७ जनाको अवस्था यकिन हुन सकेको छैन। उनीहरू सबै बेपत्ताको सूचीमा रहेको र अहिलेसम्म कसैको अवस्थाबारे थप जानकारी प्राप्त नभएको उनले बताए।
हालसम्म प्राप्त विवरणअनुसार नौ वटा बैंकमा क्षति पुगेको भए पनि क्षतिको प्रकृति र परिमाणबारे विस्तृत विवरण भने भोलिसम्म मात्र स्पष्ट हुने संघले जनाएको छ।






About Us
प्रतिक्रिया