विपद्मा बैंकः हालसम्म कुनले कति गरे सहयोग ?


काठमाडौं –  रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले करोडौँ रुपैयाँ सहयोग घोषणा गरेका छन्। हालसम्म प्राप्त विवरणअनुसार हालसम्ममा बैंकहरुले २१ करोड ६९ लाख रुपैयाँ सहयोग गरिसकेका छन्। जसमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ५ करोड रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै, कुमारी बैंक ३ करोड ३९ लाख, नेपाल बैंकले ३ करोड १ लाख रूपैयाँ,वाणिज्य बैंक लिमिटेडले ३ करोड रूपैयाँ सहयाेग गरेकाे छ।

यस्तै, सानिमा बैंकले २ करोड २५ लाख,एनआईसी एशिया बैंकले २ करोड २१ लाख रूपैयाँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ करोड ५० लाख सहयोग गरेको छ। साथै, कामना सेवा विकास बैंकले २५ लाख रूपैयाँ सहयाेग गरेकाे छ।