रसुवा बाढी: लुम्बिनी विकास बैंकका कर्मचारी रूपेश श्रेष्ठ सम्पर्कविहीन


रसुवा -रसुवाको टिमुरे आसपासको क्षेत्रमा आएको ठूलो बाढीपछि लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत कर्मचारी रूपेश श्रेष्ठ सम्पर्कविहीन भएका छन्।

श्रेष्ठ कार्यालयमा बिदा लिएर बसेको अवस्थामा श्रीशुलीबाट बेत्रावती जाने क्रममा सम्पर्कविहीन भएको परिवारजनले बैंकलाई जानकारी गराएका छन्। बाढीका कारण सडक तथा यातायातमा समेत समस्या उत्पन्न भएको अवस्थामा श्रेष्ठको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ।

श्रेष्ठको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्ने प्रयास भइरहेको छ। बैंकले श्रेष्ठलाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने जो–कोहीलाई तत्काल लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखा वा उनका परिवारजनलाई जानकारी गराइदिन बैंकले अनुरोध गरेको छ।