काठमाडौं – हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई बीमा ऐन, २०७९ कसूरमा पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्रद्वारा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि. मा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धानको क्रममा उक्त कसुरमा संलग्न उनलाई पक्राउ गरिएको हो।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई आज भदौ ११ गते काठमाडौँ जिल्ला बबरमहलबाट पक्राउ गगेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ।






About Us
प्रतिक्रिया