रसुवा बाढीपछि प्रभु बैंकका ४ कर्मचारी सम्पर्कविहीन


काठमाडौं-रसुवा जिल्लाको टिमुरे आसपासमा आएको विशाल बाढीपछि प्रभु बैंक लिमिटेडका टिमुरे र स्याफ्रुबेसी शाखामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

बैंकका अनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४० बजे टिमुरे आसपासका क्षेत्रमा आएको बाढीपछि उनीहरूसँग हालसम्म सम्पर्क हुन सकेको छैन। सम्पर्कविहीन हुनेमा टिमुरे शाखामा कार्यरत किशोर गौली, स्याफ्रुबेसी शाखामा कार्यरत नवाङ तामाङ तथा सुरक्षाकर्मी नुरसाङ तामाङ र नेत्रप्रसाद रोकाया रहेका छन्।

बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल प्रभु बैंक लिमिटेडमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।