रसुवा बाढीका कारण नबिल बैंकका ४ शाखा बन्द हुने


काठमाडौं – नबिल बैंकले ४ शाखा बन्द रहने भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बैंकको टिमुरे शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले उक्त शाखाबाट प्रदान गरिने सम्पूर्ण बैंकिङ्ग सेवा अर्को व्यवस्था नभएसम्म बन्द रहने बताएको हो ।

यस्तै, बाढीका कारण तल्लो तटीय क्षेत्रमा विद्युत् आपूर्ति तथा दूरसञ्चार (नेटवर्क) सेवा प्रभावित भएकाले धुन्चे, बट्टार, गल्छी र गजुरी शाखाहरूबाट दिने बैंकिङ्ग सेवा आज बन्द हुने बताएको हो ।