काठमाडौं – हिजोको बाढीमा परेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना सम्पर्कविहीन बनेका छन् । बैंककाअनुसार बैंकको टिमुरे शाखा, स्याफ्रुबेशी शाखा तथा मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत कर्मचारी सम्पर्कविहीन बनेका हुन् ।
‘कर्मचारीहरू हालसम्म पनि सम्पर्कविहीन रहेकाले, यदि कसैले उहाँहरूलाई देख्नुभएमा, भेट्नुभएमा वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएमा, कृपया यथाशीघ्र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा सम्पर्क गरी जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं’ बैंकले सूचना जारी गर्दै भनेको छ ।







About Us
प्रतिक्रिया