काठमाडौं – रसुवामा आएको बाढीका कारण विभिन्न बैंकका अझैँ २४ जना कर्मचारी सम्पर्क विहीन रहेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार अझैँ ९ बैंकका २४ जना कर्मचारी सम्पर्कमा आएका छैनन्।
बैंकका नौ वटा शाखा पूर्ण रूपमा प्रभावित भएको छ। बाढीका कारण ती शाखामा ठुलो भौतिक क्षति भएको छ। यद्यपि, भौतिक क्षतिको यकिन विवरण सङ्कलन गर्न अझै बाँकी रहेको छ।
बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे लगायतका बैंकका शाखा कार्यालयमा क्षति पुर्याएको कोइरालाले बताए।






About Us
प्रतिक्रिया