प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्न बैंक खाता सार्वजनिक


काठमाडौं – सरकारले विपद् तथा दैवी प्रकोपबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि सहयोग गर्न विभिन्न बैंकमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका बैंक खाता विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हिमालयन बैंक लिमिटेडको डलर खातासहित स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक तथा कृषि विकास बैंकमा खाता सञ्चालनमा रहेका छन्।

त्यस्तै, प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा समेत खाता रहेको विवरण सार्वजनिक गरिएको छ। सरकारले विपद्का बेला प्राप्त हुने आर्थिक सहयोगलाई उद्धार, राहत तथा प्रभावित नागरिकको पुनःस्थापनामा परिचालन गर्ने उद्देश्यले यी खातामार्फत सहयोग गर्न सकिने जनाएको छ।