काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार योजनाअन्तर्गत ‘बेस रेटमा ० प्रतिशत’ को विशेष ब्याजदरमा अटो लोन उपलब्ध हुनेछ। नाडा अटो शो २०२६ लाई लक्षित गरी ल्याइएको यो योजना २०८३ भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। त्यसपछि भने बैंकको प्रचलित ब्याजदर लागू हुनेछ।
यस योजनाअन्तर्गत ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिद गर्न छिटो र सहज रूपमा कर्जा सुविधा प्राप्त हुने बैंकको भनाइ छ।
बैंकले अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ।






About Us
प्रतिक्रिया