काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको हिजो अर्थात् भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका शेयरधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ को १०.५२ प्रतिशत हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४ प्रतिशत अर्थात रकम १४ करोड ९३ लाख ६२ हजार ७४० को बोनस शेयर र ६.५२ प्रतिशतले हुन आउने रकम २४ करोड ३६ लाख ९७ हजा १०२ बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित १०.५२ प्रतिशत कुल लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समिति बैठकले सोहीअनुसार अन्तिम स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरी राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन आएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा स्विकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।






About Us
प्रतिक्रिया