काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी ) बैंकले अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतमाथि दायर भएको मुद्दाका कारण बैंकको नियमित कारोबार तथा सेवा प्रवाहमा कुनै असर नपरेको जनाएको छ। बैंकले विज्ञप्ति जारी गर्दै उक्त घटनाले नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नपरेको जनाएकाे हाे।
बैंकले नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र संस्थाको समग्र सञ्चालन नियमित रूपमा भइरहेको जनाएकाे छ। बैंकले बैंकिङ्ग प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी आफ्ना सम्पूर्ण सेवा तथा गतिविधि नियमित, सुरक्षित रूपमा सञ्चालन हुने विश्वाससमेत व्यक्त गरेको छ।
साथै, बैंकले जनताको बैंकिङ्ग प्रणालीप्रतिको विश्वास, कर्मचारीको मनोबल तथा वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय र सहयोग गरिदिन आग्रह गरेको छ। त्यसैगरी, बैंकसँग सम्बन्धित अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले आग्रह गरेको छ।







About Us
प्रतिक्रिया