कामना सेवा विकास बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ८ हजार १४० कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।