नेपाल एसबीआई बैंकको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?


काठमाडौं – नेपाल एसबीआई बैंकको नाफा बढेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८१ करोड ९ लाख खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकले गत वर्ष ५ अर्ब ३३ करोड ४३ लाख ब्याज आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५ अर्ब २६ करोड ६० लाख खुद ब्याज आर्जन गरेको थियो।

गत वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख, कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख र सञ्चालन नाफा २ अर्ब ९१ करोड ६१ लाख रहेको छ। गत वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड ७१ लाख थियो।

हाल बैंकको चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख रहेको छ भने बैंकको जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख रहेको छ। बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी बढेको छ। अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १८.०४ रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जामा केही सुधार आएको छ। बैंकको खराब कर्जा ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ।