काठमाडौं – सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकिएको छ भने यस शेयरमा हालका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगमी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरे सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।







About Us
प्रतिक्रिया