सोलु हाइड्रोपावरको सीईओमा बसन्तराज राउत नियुक्त 


काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बसन्तराज राउत नियुक्त भएका छन्। कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओ पदमा राउतलाई  नियुक्त गरेको हो। 

सो बैठकले कम्पनीको व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यसहित राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ।