काठमाडौं – काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो कुलेश्वरमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर तीन जना कारोबारीलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट टेपान्डोल नामक २४ हजार ७०० एम्पुल लागऔषध बरामद गरेकाे छ। प्रहरीले दुई जना नेपाली नागरिक र एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे हाे। पक्राउ परेका एक जना भारतीय नागरिकको खुट्टामा गोली लागेर घाइते भएका छन्।






About Us
प्रतिक्रिया