काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडको अनुमतिपत्र स्वतः रद्ध भएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेटको अनुमतिपत्र स्वतः रद्ध भएको बताएको हो ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फस्यौंट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्थाबमोजिम स्वतः रद्ध भएको बताएको हो । तोकिएको अवधिभित्र कुनै कारणले अनुमतिपत्र नवीकरणको लागि निवेदन दिन नसकिएमा अनुमतिपत्रको म्याद समाप्त भएको नब्बे दिनसम्म यस ऐन बमोजिम लाग्ने नवीकरण दस्तुरको दोब्बर दस्तुर तिरी अनुमतिपत्र नवीकरण गराउन सकिने उल्लेख छ । तर, तोकिएको अवधिभित्र नवीकरणको लागि निवेदन नदिने संस्थाको अनुमतिपत्र त्यस्तो अनुमतिपत्रको अवधि समाप्त भएपछि स्वतः रद्द हुने व्यवस्था छ । सोहीअनुसार कम्पनीको अनुमति रद्ध भएको हो ।
राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न भनेको छ ।






About Us
प्रतिक्रिया