काठमाडौं – चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय फैसला भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरका चाँगुनारायण नगरपालिका– ७ घर भई हाल ललितपुरको बालकुमारी बस्ने भिमसेन काफ्ले रहेका छन्।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीमाथि चेक अनादर मुद्दामा ३४ लाख ९२ हजार बापत २ वर्ष कैद सजाय ठहर भई पछि फरार रहेका थिए। उनलाई ललितपुरको महालक्ष्मी– ४ इमाडोलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया