काठमाडौं – नेपाल धितोपत्र बोर्डले बैंकहरुको मुद्दती खातामा लगानी गर्ने भएको छ। बोर्डले अक्षय कोषको रकम र लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को बमोजिमा मुद्दती खातामा लगानी गर्न लागेको हो।
आफुले दिन सक्ने १ वर्ष ब्याजदर सहित इच्छुक वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूले प्रस्ताव पेस गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाले आजको ५ दिन अर्थात् असार २६ गते कार्यालय समयभन्दा एक घण्टा अगाडि नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव पेस गर्न सक्नेछन्।
लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने उल्लेख छ । बोर्डले मुद्धति निक्षेपमा लगानी गर्ने रकम भने उल्लेख गरेको छैन।






About Us
प्रतिक्रिया