काठमाडौं – प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ निष्काशन गरेको हो। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।
यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ।
सो ऋणपत्रमा छिटोमा असार १९ र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३ गते अनुमति दिएको हो। वार्षिक ६.२५ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ।






About Us
प्रतिक्रिया