काठमाडौं – सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। बैंकले बिक्रीमा राखेको सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिन भित्र आवेदन दिन सक्नेछन्। सो शेयर खरिद गर्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय नक्सालस्थित कम्पनी सचिव कार्यालयमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया