१० महिनामा केन्द्रीय बैंकद्वारा ३७२ खर्ब बढी तरलता प्रशोचन


काठमाडौं – चालु आर्थिक वर्षकाे १० महिनामा राष्ट्र बैंकले ३७२ खर्ब ५४ अर्ब १० करोड बराबरको तरलता प्रशोचन भएको छ। निक्षेप सङ्कलन बोलकबोलमार्फत २७ खर्ब ९४ अर्ब रूपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३४ खर्ब २७२ अर्ब ६० करोड रूपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रूपैयाँ गरी कुल ३७ खर्ब २६६ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रूपैयाँ तरलता प्रवाह गरी सो तरलता प्रशोचन भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद १९ खर्ब २३५ अर्ब ६५ करोड रूपैयाँ तरलता प्रशोचन गरिएको थियो। समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ६ अर्ब ५२ करोड खुद खरिद गरी ९४६ अर्ब २६ करोड रूपैयाँ तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी ५६४ अर्ब ११ करोड रूपैयाँ तरलता प्रवाह गरेको थियो। समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी ५५५ अर्ब १० करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी ४२४ अर्ब ८६ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।