काठमाडौं – मुक्तिनाथ विकास बैंकमा ‘स्मार्ट बैंक’ डिजिटल बैंकिङ्ग प्लेटफर्म सञ्चालनका लागि स्विफ्ट टेक्नोलोजी, एससीटी र मुक्तिनाथ विकास बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकमा ‘स्मार्ट बैंक–डिजिटल बैंकिङ्ग प्लेटफर्म’ कार्यान्वयन गरिनेछ। यसमार्फत बैंकका ग्राहकलाई आधुनिक, सहज तथा सुरक्षित डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
स्विफ्ट टेक्नोलोजीले उक्त सहकार्यलाई डिजिटल रूपान्तरणलाई तीव्रता दिने र नवीन प्रविधिमार्फत आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने साझा प्रतिबद्धताको रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार ‘स्मार्ट बैंक’ प्लेटफर्मले डिजिटल बैंकिङ्ग सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन सहयोग गर्नेछ।
बैंकिङ्ग क्षेत्रमा बढ्दो डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै गरिएको यस सहकार्यले मुक्तिनाथ विकास बैंकको डिजिटल सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसले ग्राहकलाई अझ सुरक्षित, सहज र आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।






About Us
प्रतिक्रिया