काठमाडौं – राष्ट्रिय मनिचेञ्जर बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरको इजाजतपत्र खारेजी हुने बताएको हो ।
राष्ट्रिय मनिचेञ्जले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मनिचेञ्जरले आफ्नो कारोबार बन्द गर्न निवेदन पेश गरेको थियो । सोहीअनुसार राष्ट्र बैंकले कारोबार बन्दको स्वीकृति दिएको हो ।
मनिचेञ्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने भएकोले राष्ट्र बैंकले उक्त मनिचेञ्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा आजको ३५ दिन भित्र जानकारी गराउन आग्रह गरेको छ ।






About Us
प्रतिक्रिया