काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
न्यायाधीशद्वय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको विशेष अदालतको प्रवक्ता पार्वती हितानले बताइन्।
सम्पत्ति शुद्धीकरण विभागले भने २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो। उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सुर्खेतबाट पक्राउ गरेको थियो ।






About Us
प्रतिक्रिया