काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ। क्यापिटलले एचआर असिस्टेन्ट करार पदमा एक जना कर्मचारी माग गरेको हो। उक्त पदका लागि व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्।
साथै, संगठनात्मक क्षमता, समय व्यवस्थापन, मल्टिटास्किङ गर्न सक्ने दक्षता तथा सूक्ष्म विवरणमा ध्यान दिन सक्ने क्षमता भएका आवेदक आवश्यक रहेको क्यापिटलले जनाएको छ।
त्यसैगरी, गोप्य तथा संवेदनशील सूचनाको व्यावसायिक ढंगले व्यवस्थापन गर्न सक्ने क्षमता पनि उम्मेदवारका लागि योग्यता तोकिएको छ। सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारलाई आफ्नो बायोडाटा र आवेदन पत्र इमेलमार्फत जुलाई ३ भित्र आवेदन दिइसक्नुपर्नेछ।






About Us
प्रतिक्रिया