काठमाडौं – सांसद लिमा अधिकारी आचार्यले कृषिप्रधान देशमा किसानको आँसुले माटो भिजेको कृषिजन्य उत्पादनको मूल्य समयमै नपाउने समस्या समाधान गर्न सरकारसँग कानुनी व्यवस्था गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दूध किसानलगायतले वर्षौँसम्म पनि आफ्नो उत्पादनको भुक्तानी नपाएको अवस्था रहेको उल्लेख गरिन्। मकवानपुरका दूध किसानको मात्रै १४ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको भन्दै उनले यो समस्या देशभरकै किसानको साझा पीडा भएको बताइन्।
देशभर उखु, धानलगायतका उत्पादनको भुक्तानी बाँकी रहेको उनले बताइन्। पशुको दानादेखि सन्तानको विद्यालय शुल्क तिर्न पनि गाह्रो हुने उनले बताइन्। किसानको भुक्तानी १५ दिनभित्र गर्न कानुनी व्यवस्था गर्न उनले माग गरिन्।
उनले भनिन्,’किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि ल्याउन सकिँदैन। मुलुकलाई खाद्यान्न मात्रै होइन, खाद्य आत्मनिर्भरता चाहिएको छ।’






About Us
प्रतिक्रिया