काठमाडौं-वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्दै हिँडेकी महिलामाथि नगर प्रहरीले गरेको व्यवहारप्रति दुःख व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानवीय संवेदनशीलतालाई आत्मसात् गर्दै पीडित महिलालाई उचित क्षतिपूर्ति उपलब्ध गराइने जनाएको हो।
वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो।
नगर प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल थियो। डाले डोकोमा काफल बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि एक नगर प्रहरीले मंगलबार दुर्व्यवहार गरेका थिए।
सामाजिक सञ्जालमा आएको उक्त भिडिओ वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिक खिचिएको भनिएको छ।







About Us
प्रतिक्रिया