काठमाडौं – बुद्ध एयरले एटीआर–४२ र एटीआर–७२ विमानका लागि सीमित संख्यामा क्याप्टेन पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार आवेदन दिने उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। साथै, वैध नेपाली एटीपीएल (एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स)अनिवार्य रूपमा हुनुपर्नेछ।
उम्मेदवारसँग न्यूनतम ८ हजार घण्टा कुल उडान अनुभव तथा एटीआर विमानमै कम्तीमा ५ हजार घण्टा उडान गरेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। साथै, नेपाल नागरिक उड्डयन प्राधिकरण बाट जारी गरिएको एयरक्राफ्ट मर्मत प्राविधिक लाइसेन्ससमेत आवश्यक पर्ने जनाइएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ। आवेदन कम्पनीको इमेलमार्फत पठाउन सकिने बुद्ध एयरले जनाएको छ।






About Us
प्रतिक्रिया