काठमाडौं – सरकारले सुकुमवासी परिवारलाई पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विस्थापित हुनेहरूको विवरण रुजु गरेर पुनर्स्थापना खर्च दिने निर्णय गरेको हो।
‘काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार एकमुस्ट रूपमा प्रदान गर्ने,’ बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चारमन्त्री सस्मित पोखरेलले भने।





About Us
प्रतिक्रिया