काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको धनगढीमाईका अजित श्रेष्ठ रहेका छन्।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेको श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली राहदानी ३७ थानमा रोमानियाको भिसा लगाउने भन्दै त्यस तर्फ लैजान लागेको प्रहरीले जनाएको छ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया