वैशाखमा पाथीभरामा एक करोड छ लाख भेटी सङ्कलन


ताप्लेजुङ – पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। गत चैतमा ५८ लाख ५७ हजार ५०० रुपैयाँ र फागुनमा ३१ लाख १० हजार रुपैयाँ सङ्कलन भएको थियो।